सोमबार , भाद्र ८, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले गरे मतदान

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो मत मतपेटिकामा खसालेका छन् ।

image

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो मत मतपेटिकामा खसालेका छन् । उनले आफ्नो गृह जिल्ला डडेलधुरामा मत खसालेका हुन् ।

देउवाले गृह नगर गन्यापधुरा गाउँपालिका–१, रुवाखोलको आसिग्राम प्रावि मतदान केन्द्र ‘ख’मा आफ्नो मत खसालेका हुन् । उनी मतदानका लागि केही दिनदेखि डडेलधुरामै छन् ।  मतदान सकेर उनी आज राजधानी फर्कने बताइएको छ ।

Tags:

सम्बन्धित समाचार