मंगलबार , भाद्र ३०, २०८३

ज्वालामूखीमा उपाध्यक्षमा दिनेश रमण आचार्यको स्वतन्त्र उमेद्वारी किन ?

image

धादिङ । धादिङको ज्वालामूखी गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश रमण आचार्यले चुनाव चिन्ह आँप पाएका छन् । उनले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावमा ज्वालामुखी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
पालिकामा स्तरमा हुने नीतिगत भ्रष्टाचार अन्त्य गरि जनउत्तरदायी शासन व्यवस्था, सामाजिक न्यायमा आधारित शासन प्रणाली, कानुनी शासन व्यवस्था, भ्रष्टाचारमा शून्य सहनशीलता, सामाजिक उत्तरदायित्वसहितको शासन प्रणाली लागू गर्ने उनले आफ्नो प्रतिबद्द्धता पत्रमा उल्लेख गरेका छन् ।

प्रस्तुत छ, उनको ज्वालामूखी विकासको मार्गचित्र

१. भौतिक पूर्वाधार
  • गाउँगाउँमा खानेपानीको सुविधा उपलब्धता, नयाँ सडक विस्तार तथा ज्वालामुखी प्रवेश गर्न तीन सडक कालोपत्रे गर्ने, बुढीगण्डकी लिफ्ट गरी सिँचाइ सुविधा उपलब्ध गराउने ।
२.शिक्षा
  • सरकारी विद्यालयलाई निजी विद्यालयको भन्दा बढी गुणस्तरको पठनपाठन योग्य बनाउने, शतप्रतिशत बालबालिकाहरू शिक्षाको पहुँचमा ल्याउने
  • आर्थिक अवस्था कमजोर भएका परिवार यकिन गरी १२ कक्षासम्म छात्रवृत्ति प्रदान दिई स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने र विद्यालयमा हुने राजनीति अन्त्य गर्ने ।
  • विद्यालयमा हुने चरम हिनामिनाको छानबिन, स्वस्थ प्रतिस्पर्धामा शिक्षक नियुक्ति गर्ने, कम्प्युटर शिक्षा, लाभदायक पुस्तकालय र इन्टरनेट सहितको कक्षा सञ्चालन गर्ने ।
  • टेक्निकल शिक्षा आएसइएजी ल्याब टेक्निसियन, जेटीए भेटनरी जस्ता शिक्षालयको व्यवस्था गर्ने । आधारभूत तहबाट नै कृषिमा जेटीए,   आधारित स्वास्थ्यमा आधारित नर्सिङ ल्याब टेक्निसियन, सिभिल इन्जिनियरिङ लेबलको पाठ्यक्रमको अनिवार्य गराउने ।
३. स्वास्थ्य
  • गाउँपालिकामा पचास शैय्याको एक अस्पताल रहने छ, प्रत्येक वाडमा एक स्वास्थ्य चौकी र डाक्टरको व्यवस्था हुनेछ । पालिकामा अक्सिजन प्लान्टसहित सेवा हुनेछ । प्रत्येक स्वस्थ चौकीमा एम्बुलेन्स रहनेछ । बालबालबालिका वृद्ध र सुत्केरी स्याहार सम्बन्धमा थप सेवा जस्तै: सुत्केरी भत्ता, विभिन्न नि:शुल्क औषधिहरू नि:शुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।
४.रोजगार
  • पालिकामा विभिन्न रोजगार कार्यक्रम हुनेछ । कृषिमा आधारित कलकारखाना खोल्न सस्तोमा ब्याजदर ऋण दिइनेछ । सम्भाव्यता अध्ययन गरेर विभिन्न कृषि पकेट क्षेत्र घोषण गरिने । पशुपालन र यससँग सम्बन्धित कलकारखाना सञ्चालन गरिने । पालिकाभित्रका खनिज, खानी सञ्चालन गरिने ।
  • हरेक ठाउँमा विभिन्न सम्भावना छ, सम्भावनाको पहिचान गरेर नीति तथा कार्यक्रम थप गरिने । रोजगारी सिर्जना गरिने जहाँबाट स्थानीय लाभान्वित हुन सक्नेछन् । यस्तै विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्ने, बजारको व्यवस्थापन गर्ने ।
५. पर्यटन र यातायात
  • विभिन्न ठाउँमा रहेका ऐतिहासिक सम्पदा, पर्यटकीय स्थान र सम्भाव्यताको पहिचान गर्ने । ज्वालामूखी मन्दिरलाई विश्वसम्पदा सुचीमा पार्न पहल गरिनेछ । मैदीकोट पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ । ढोला मण्डली मन्दिरलाई व्यवस्थापन गरिनेछ । काउले डाँडालाई पिकनिक सपोर्ट र पार्क बनाई आन्तरिक पर्यटनको विकास गरिनेछ । हरेक टोलको वा समुदायको फोरोर निश्चित ठाउँमा व्यवस्थापन गर्ने  जसले समुदायलाई कुनै असर गर्दैन।
६. युवा तथा खेलकुद
  • एक वडा एक खेलकुद मैदान निर्माण गरिनेछ । विद्यालय स्तरमा नै विद्यार्थीको चाहना अनुसार खेलकुदको व्यवस्थापन गरिनेछ । गाउँपालिका स्तरको खेल प्रतियोगिता गरिनेछ । खेलकुद विकासको लागि पालिकामा एक कबर्ड हल निर्माण गरिन्छ ।

सम्बन्धित समाचार