शनिबार , अषोज १०, २०८३

बनस्थली-ढुंगेधारामा पनि चल्यो महानगरको डोजर

image

काठमाडौं । अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।

शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काएको महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।

महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सा पास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको हो।

Tags:

सम्बन्धित समाचार