Photo by: सांकेतिक तस्बिर
काठमाडौं । महोत्तरी र मोरङमा वडा सदस्यमा ९४ वर्षका दुई जना उम्मेदवार वडा सदस्यमा विजयी भएका छन् ।
महोत्तरीको बलवा नगरपालिका ९४ वर्षीय जीबछ नदाफ वडा नम्बर १ को सदस्यमा विजयी भएका हुन् । उनले ५ सय ७४ मत ल्याएका छन् । उनले नेकपा एमालेका बजरंगी महतो कोइरीलाई दुई सय ११ मतले पराजित गरेका हुन्। कोइरीले ३६३ मत प्राप्त गरेका थिए ।
मोरङको जहदा गाउँपालिकामा ९४ वर्षीय सूर्यनारायण मण्डल पनि वडा नम्बर ७ को सदस्यमा विजयी भएका हुन् । उनले ९ सय ३० मत ल्याएका छन् । उनले माओवादी केन्द्रका लिलानन्द ठाकुरलाई ४ सय ४४ मतले पराजित गरेका हुन्। ठाकुरले ४ सय ८६ मत प्राप्त गरेका थिए ।
उनीहरू दुबै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।
निर्वाचन आयोगका अनुसार यसपालिको चुनावमा जित हात पार्ने सबैभन्दा बढी उमेरका उम्मेदवार यिनै दुई जना हुन् ।