प्रहरीले नेकपा एमाले जनकपुर अध्यक्ष सुरेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं । प्रहरीले नेकपा एमाले जनकपुर अध्यक्ष सुरेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ । उनलाई जनकपुर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मतदाता प्रभावित पर्ने उद्देश्यले पैसा बाँडेको सूचना भण्डारीले पाएका थिए । जसपछि उनी १५/२० जनाको समूह लिएर सीताशरण होटेल पुगेका थिए । प्रहरीले सोही क्रममा होटेल तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
खबरका अनुसार पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पनि पक्राउ परेका छन् ।