आइतबार , साउन १७, २०८३

भक्तपुरको ख्वप कलेजमा आर्थिक सम्मेलन सुरू

सम्मेलनको उद्घा‍टन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

image

काठमाडौं । भक्तपुरको देकोचामा रहेको ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरू हुँंदैछ । सम्मेलन भोलि सोमबारसम्म चल्नेछ ।

कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए । दोस्रो दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए । पहिलो र दोस्रो दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए ।

पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा ध्रुबकुमार गौतम र डा. रामकुमार फुयाँल र दोस्रो दिन प्राडा आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने छन् ।

सम्मेलनको उद्घा‍टन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सम्बन्धित समाचार