बुधबार , भाद्र ३१, २०८३

टुकुचा खोलाले बगायो मोटरसाइकलः चालकको उद्धार

image

काठमाडौं । काठमाडौँमा परेको वर्षाका कारण खोलाको बहाब बढ्दा एक व्यक्तिसहित मोटरसाइकल बगाएको छ । काठमाडौं महानगरपालिका वडा-२ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक टुकुचा खोलामा पानीले खोलाको बहाब बढ्दा मोटरसाइकलसहित एक व्यक्तिलाई बगाएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

काठमाडौं महानगरपालिका धापासी घर भएका २१ वर्षीय सुरज अर्यालसहित बागमती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल बगाएको हो ।

चालक अर्याललाई तत्काल सकुशल उद्धार गरिएको र मोटरसाइकल भने फेला नपरेको प्रहरीले जनाएको छ । बगाएको मोटरसाइकलको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

बुधबार करिब पौने ५ बजेको समयमा उक्त घट्ना भएको प्रहरीले बताएको छ ।

Tags:

सम्बन्धित समाचार