चितवनको क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
पाण्डेलाई एमालेले र पौडेललाई नेपाली कांग्रेसले उम्मेदवार बनाउन लागेका हुन् ।
पौडेल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समेत रहेको गठबन्धनका उम्मेदवार हुन् । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा यहीँबाट विजयी भएपछि पाण्डे अर्थमन्त्री भएका थिए ।
उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भए । दुबै निर्वाचनमा उनले नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई पराजित गरेका थिए ।
२०७४ सालमा पाण्डेले ५१ हजार ८० मत ल्याउँदा बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रका बीच तालमेल भएको थियो ।