बिहिबार , अषोज १, २०८३

घनश्याम भुसालको टिप्पणी: ‘जनयुद्ध र जबजलाई मागी खाने भाँडो बनाए’

भुसालले आफुल ‘कम्युनिस्ट एकता कि सत्यानाश’ भन्ने बुझेर नै एकताको बहस गरिरहेको भन्दै एमाले, माओवादी र नेकपा समाजवादीबीच विचारमा कुनै भिन्नता नभएको दावी गरे ।

image

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरूले जनयुद्ध र जनताको बहुदलीय जनवाद (जबज)लाई मागी खाने भाँडो बनाएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलन: संकट र अबको बाटो’  विषयक अन्तरक्रियामा बोल्दै नेता भुसालले कम्युनिष्ट पार्टीहरूले बाटो विराएकै कारण मुलुकको अवस्था लथालिङ्ग बन्न पुगेको बताएका छन् ।

मुलुकले डरलाग्दो संकट भोग्नु पर्ने अवस्था प्रमुख राजनीतिक दलका नेताहरुकै कारण आएको उनले बताएका छन् । नेकपा विभाजन र संसद विघटनबाट अस्थिरता सुरु भएको भुसालको दाबी छ ।

उनले नेकपा विभाजन र संसद विघटन गर्नु गम्भीर गल्ती भएको भन्दै जनताले दिएको विश्वासमाथि विश्वासघात हुँदा विदेशी हस्तक्षेप बढ्दै गएको बताए । हाल अमेरिकाबाट स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीको प्रस्ताव आउनु पनि त्यसैको परिणाम भएको भुसालको भनाइ छ ।

‘तमाम कारण भन्न सकिन्छ । तर मूलत हामीले भन्नुपर्दा हाम्रो कारणले हो । जनताले त्यो विश्वासका साथ हामीलाई दिएको जनमत कदर गर्न सकेनौ’, नेता भुसालले भने । भुसालले आफुल ‘कम्युनिस्ट एकता कि सत्यानाश’ भन्ने बुझेर नै एकताको बहस गरिरहेको भन्दै एमाले, माओवादी र नेकपा समाजवादीबीच विचारमा कुनै भिन्नता नभएको दावी गरे ।

सम्बन्धित समाचार