बुधवार राति गोरखाको अजिरकोट गाउँपालिका-१ घ्याच्चोकमा माओवादी कार्यकर्तामाथि हमला गरिएको छ ।
काठमाडौं । बुधवार राति गोरखाको अजिरकोट गाउँपालिका-१ घ्याच्चोकमा माओवादी कार्यकर्तामाथि हमला गरिएको छ । उनीहरूमाथि काँग्रेसका कार्यकर्ताले हमला गरेको जनाइएको छ ।
हमलाबाट बेलबहादुर गुरुङ र विष्णु भुजेल घाइते भएका छन् । जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार भइरहेको प्रहरीले बताएको छ । पीडितका अनुसार होटेलमा खाना खाइरहेको अवस्थामा उनीहरूमाथि हमला भएको हो । एसपी केदार खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।