शनिबार , अषोज १०, २०८३

प्रदीप ज्ञवाली भन्छन्- पाँच वटा एजेन्डा बोकेर एमाले चुनावमा जान्छ

image

काठमाण्डू । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) पाँच एजेन्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बाताएका छन् ।

अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको ज्ञवालीले बताए । एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको उनको भनाइ थियो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपीपी, आर्थिक सङ्कट तथा भ्रष्टाचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिका लागि योजना बनाएर चुनावमा जान तयार भएको जानकारी दिए ।

Tags:

सम्बन्धित समाचार