वि.सं. २०१७ सालको जेठ महिनामा लेवरनगर चितवनका आइमाईहरुले पनि हलो जोतेका रहेछन् । त्यसको अगुवाई काठमाण्डौंबाट त्यहाँ बसाई सरेकी कलामोहिनीले गरेकी रहिछन् ।
चितवनमा हलो जोत्ने अगुवाई गर्ने कलामोहिनी ।
वि.सं. २०१७ सालको जेठ महिनामा लेवरनगर चितवनका आइमाईहरुले पनि हलो जोतेका रहेछन् । त्यसको अगुवाई काठमाण्डौंबाट त्यहाँ बसाई सरेकी कलामोहिनीले गरेकी रहिछन् । उनले राप्तीदून ग्राम विकास विभागले दिएको आधुनिक हलो तथा लाले र पुँवाले नामका दुई गोरुहरु नार्दै २ विगाह जमीन जोतिछन् । चितवन जिल्लाभर त्यतिन्जेल कलामोहिनीको नेतृत्वमा ६० जना आइमाईले हलो जोतेछन् ।
समाचार स्रोत:- स्वास्नी मान्छेहरुका निम्ति स्वास्नी मान्छेहरु द्वारा लेखिएका रचनाहरुले सुशोभित तथा स्वास्नी मान्छे द्वारा सम्पादित तीन महिने पत्रिका ‘स्वास्नी मान्छे’ ।
सम्पादिता- शशिकला शर्मा ।