आज देशका ७५३ वटै स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान गरिँदैछ ।
काठमाडौं । आज देशका ७५३ वटै स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान गरिँदैछ । सर्वसाधारण, कलाकार तथा विभिन्न राजनीतिज्ञहरूले आफ्नो मत दिने क्रम जारी छ ।
सबैले आ-आफ्नो क्षेत्रको तोकिएको केन्द्रबाट मतदान गरेर आफ्नो इच्छाको जनप्रतिनिधि रोजिरहेका छन् ।
यस क्रममा हास्य कलाकार हरिवंश आचार्यले बुढानीलकण्ठबाट मतदान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले मतदान गरेको जानकारी दिएका हुन् । उनले एक तस्बिर फेसबुकमा सेयर गर्दै ‘मैले त मतदान गरेँ, तपाईँले गर्नुभयो ?’ लेखेका छन् ।