सोमबार , फागुण १४, २०८०

IOE POETRY CHAMP 4.0 को उपाधि कवि परिविक्रमकाे ‘लालबहादुरको क्रान्ति’लाई

उनले "लालबहादुरको क्रान्ति" शीर्षकको कविताबाट उपाधि हात पारेका हुन् । 

image

काठमाडाैं । आइओई पोइट्री च्याम्प फोर पोइन्ट जिरो (IOE Poetry Champ 4.0) को उपाधि कवि परिविक्रमले पोल्टामा पारेका छन् । उनले “लालबहादुरको क्रान्ति” शीर्षकको कविताबाट उपाधि हात पारेका हुन् ।

”दिगो  विकास र संवृद्ध नेपालका लागि प्रविधि” भन्ने मूल उद्देश्यका साथ सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपालले तेह्रौँ देशव्यापी सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको मुख्य कार्यक्रमका रूपमा देशव्यापी खुला कविता प्रतियोगिता IOE POETRY CHAMP 4.0  हिजो शनिवार सम्पन्न भएको हो ।

कार्यक्रममा छनोट भएका १५ कविताहरू वाचन गरिएको थियो । प्रतियोगितामा कवि परिविक्रमले ”लालबहादुरको क्रान्ति” शीर्षकको कविता वाचन गरेर  प्रथम स्थान हासिल गर्दा कवि अप्सरा केसीले  ”सुन्तला र सप्नाहरु” शीर्षको कविता वाचन गरेर द्वितीय स्थान हासिल गरिन् । त्यसै गरी कवि राजु उवरकोटीले  ”आमाको अर्को सपना” शीर्षकको कविता वाचन गरेर तृतीय स्थान हासिल गरे ।

प्रथम पुरस्कार  राशि रु १५००० रहेको थियो । द्वितीय पुरस्कार राशि रु १०००० रहेको थियो भने तृतीय पुरस्कार राशि रु ५००० रहेको थियो ।

आमित शेँडाई सभापतित्वमा भएको कार्यक्रममा कवि शैलेन्द्र साकार प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा निर्णायकको  भूमिकामा कवि भीष्म  उप्रेती र रञ्जना निरौला थिइन् ।

कार्यक्रममा कवि रसिक राज, प्रज्ज्वल अधिकारी , नीरज दाहाल, मिम बहादुर परियार, हरिश कल्पित , राधिका कल्पित , उत्तम लिम्बु  लगायतको उपस्थिति थियो ।

देशभरका  कविहरूको सहभागिता रहेको सो कार्यक्रम निकै भव्य तरिकाले सम्पन्न भएको कार्यक्रम संयोजक  शीतल उपाध्यायले बताए ।

सम्बन्धित समाचार