सांसद लामाले पाठ्यपुस्तक छपाइ गर्न नसकेको भन्दै केन्द्रको औचित्य नभएको बताएकी छन् ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने बताएकी छन् । सांसद लामाले पाठ्यपुस्तक छपाइ गर्न नसकेको भन्दै केन्द्रको औचित्य नभएको बताएकी छन् ।
मुख्यगरी अहिले कक्षा ६ र ८ को पुस्तक अभाव भएको उनले बताइन् । ‘पाठ्यपुस्तक किन अभाव भयो ?,’ उनले आज संसद बैठकमा प्रश्न गरिन्, ‘जनक शिक्षा सामग्री केन्द्र बचाउने नाममा विद्यार्थीले कहिल्यै समयमा पुस्तक पाएनन् ।’
पाठ्यपुस्तक छपाइ गर्ने र वितरण गर्न नसक्ने भए जनक शिक्षा सामग्री केन्द्र नै खारेज गर्न उनले माग गरेकी छन् ।
‘पुस्तक छाप्ने र वितरण गर्न नसक्ने भए जनक शिक्षा किन चाहियो ? किन सरकारले पैसा दिइरहनेरु खारेज गरौं,’ उनले भनिन्, ‘वैकल्पिक उपाय सोचेर पाठ्यपुस्तक छाप्ने जिम्मेवारी निजीलाई दिऔं ।’