पर्यटकीय स्थल, गाउँ, स्थानीय कला, संस्कृति, जीवनशैलीका तस्बिरहरू पुस्तकमा छन् । जुगल हिमशृङ्खला अन्तर्गत पर्ने ग्याल्चेन पिक(६१५१ मि) को पहिलो आरोहीहरूको आरोहण अनुभव पुस्तकमा विशेष महत्त्वका साथ समेटिएको छ ।
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले प्रकाशन गरेको पुस्तक गन्तव्य जुगलको विमोचन भएको छ । गाउँपालिकाले आज सोमवार ठमेलस्थित होटेल काठमाडौँ गार्डेन होममा एक कार्यक्रम आयोजना गर्दै पुस्तकको विमोचन गरेको हो । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकमा जुगल गाउँपालिका र जुगल हिमशृङखलाका पर्यटकीय आकर्षणहरूको बारेमा चर्चा गरिएको छ । पर्यटकीय स्थल, गाउँ, स्थानीय कला, संस्कृति, जीवनशैलीका तस्बिरहरू पुस्तकमा छन् । जुगल हिमशृङ्खला अन्तर्गत पर्ने ग्याल्चेन पिक(६१५१ मि) को पहिलो आरोहीहरूको आरोहण अनुभव पुस्तकमा विशेष महत्त्वका साथ समेटिएको छ ।
सभामुख सापकोटाले सिन्धुपाल्चोक पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेकोले जिल्लाको पर्यटन प्रवर्द्धनमा सबै लागिपर्नु बताए ।
“पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधारहरूको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । अहिले पनि झन्डै एक अर्ब रुपैयाँ बराबरको योजनाहरू कार्यान्वयनको क्रममा छन् । ती योजनाहरूको कार्यान्वयनमा तीनै तहका सरकारले सहकार्य गर्न आवश्यक छ । सबै मिलेर अघि बढ्न जरुरी छ ।” सापकोटाले भने ।
सभामुख सापकोटाले पर्यटन प्रवर्द्धन गर्दा स्थानीय मौलिक कला, संस्कृति, भाषा, भेसभुसा, खानपान, जीवनशैली र इतिहासलाई ध्यान दिनुपर्ने बताए । स्थानीय मौलिकताको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकास गर्न सके मौलिकतासहितको समृद्धि हासिल हुने सापकोटाले बताए ।
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरी बास्तोलाले सिन्धुपाल्चोक र खासगरी जुगल गाउँपालिका र जुगल हिमालको पर्यटन प्रवर्द्धन गर्न आफू र आफ्नो नेतृत्वमा रहेको टान प्रतिबद्ध रहेको बताए । उनले पर्यटन प्रवर्द्धनका लागि जुगल गाउँपालिकाले गरेको कार्यको सराहना गरे ।
अध्यक्ष बास्तोलाले पदमार्गहरू मासिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । सडक लगायत भौतिक पूर्वाधारको विकासका कारण पदमार्गहरू मासिँदै जानु चिन्ताजनक भएको बताए । तिनको संरक्षणमा सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए । पछिल्लो हप्ता मात्रै चर्चित अन्नपूर्ण पदमार्ग विश्वको १० उत्कृष्ट पदमार्गको सूचीबाट बाहिरिएको स्मरण गराउँदै यस्ता पदमार्गहरूको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने अध्यक्ष बास्तोलाले जोड दिए ।
त्यसैगरी नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष नीमा नुरु शेर्पाले सरकारले हिमालहरू आरोहणका लागि खुला गर्न कन्जुस्याइँ गरिरहेका बेला जुगल गाउँपालिकाकाले जुगल हिमशृङखलाको प्रवर्द्धनका लागि गरेको कार्य अत्यन्तै सराहनीय रहेको बताए ।
अध्यक्ष शेर्पाले जुगल हिमशृङ्खलामा थुप्रै हिमालहरू रहेको र तिनलाई आरोहणका लागि खुला गर्न सकिए पर्वतीय पर्यटनको विकास र विस्तारमा महत्त्वपूर्ण फड्को हुने बताए । पर्वतीय पर्यटन विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत भएको यसलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने उनले बताए ।
ग्याल्चेन पिकको पहिलो आरोहण
सिन्धु पर्यटन परिषद्को विशेष समन्वयमा बागमती प्रदेश र जुगल गाउँपालिकाको आयोजनामा २०७५ चैत्र २६ गते जुगल हिमशृङ्खलाका ११ वटा चुचुराहरूमध्ये ६,१५१ मिटर उचाइको ग्याल्चेन पिकको पहिलो सफल आरोहण भएको थियो । उक्त आरोहण टिमको नेतृत्व माया गुरुङले गरेकी थिइन् । आरोहणमा मिलन तामाङ, शर्मिला थापा, सुभाष कर्माचार्य, माधव सापकोटा (सुबोध) र प्रेम गुरुङ थिए । त्यसैगरी प्राविधिक टोली नेता तुलसिं गुरुङ र गाइडहरू नरबहादुर अस्थानी, आसबहादुर गुरुङ र समीर गुरुङ थिए ।
अन-स्टपएबल प्रोजेक्टको उद्घाटन