धादिङ । धादिङको ज्वालामूखी गाउँपालिका वडा नम्बर-३ को निर्वाचनमा महिला एवं वयोवृद्ध मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ । खुला र सक्रिय राजनीतिबाट टाढै रहेका महिला, वयोवृद्धहरूले मतदानमा भने उत्साह देखाएका हुन् । उल्लेखनीय संख्यामा ६० वर्ष उमेर समूह भन्दा माथिका वयोवृद्धहरू आफ्ना छोरा-नाति लिएर आई मतदानमा सक्रिय भए ।
यस वडामा वडाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट उमेश श्रेष्ठ, नेकपा एमालेका तर्फबाट रुद्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुँदै छ ।
हेर्नुहोस्, वडा-३ स्थित कोलबगैँचा मतदान केन्द्र वरपरका तस्बीरहरू :

















