मंगलबार , चैत्र १७, २०८२

कांग्रेसकी उपमेयर उम्मेदवार कुर्मीको कपिलवस्तुको महाराजगन्जमा निधन

नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा निधन भएको छ।

image

कपिलवस्तु । नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा निधन भएको छ ।

हृदयघातका कारण उनको गए राति करिब १ बजेतिर निधन भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो ।

कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन् ।

कांग्रेसले निर्वाचन अधिकृत कार्यालयलाई आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी पठाएको छ ।

उनले कांग्रेसको तर्फबाट उपमेयर उम्मेदवारको निधन भएको जानकारी आएको बताए । साथै निर्वाचन आयोगमा यसबारे लेखेर पठाउने पनि जानकारी दिएका छन्  ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा वैशाख ३० मा निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना छ ।

सम्बन्धित समाचार