सक्रियता र अनुशासन: किरण देसाइसँगको अन्तर्वार्ता – BY WILLIAM TOMOS
(अक्टुवरको एक दिन म लेखक किरण देसाईसँगै थिएँ । ‘न्यू योर्क युनिभर्सिटी’ (New York University – NYU) – को ‘लिलियन वर्नोन’ (Lillian Vernon) मा सिर्जनात्मक लेखन कार्यक्रमको बहस चलेको थियो । यो कला, वर्ग र कलाकारहरूको सामाजिक न्यायको भूमिकामा सम्बन्धित थियो । विश्वचर्चित लेखिका देसाईका दुई उपन्यास प्रकाशित छन् । उनको पहिलो उपन्यास ‘हुलाबलु इन दी गार्डन अर्चिड’ (Hullabaloo in the garden orchid) सन् १९९८ मा प्रकाशित भएको थियो । उनले यस उपन्यासका लागि उदीयमान राष्ट्रिय कलाकारलाई दिइने ‘बेट्टी ट्रक्स अवार्ड’ (Betty Trask Award) जितेकी थिइन् । त्यस्तै उनको सन् २००६ मा अर्को ‘दी हेरिटेन्स अफ लस’ (The inheritance of loss) प्रकाशित भयो र यसले ‘बुकर प्राइज’ (Booker Prize) प्राप्त गर्यो । हाम्रो अन्तर्वार्ता हुँदा हँसिली र फरासिली देसाई भर्खरै सिर्जनात्मक कार्यशालाबाट आएकी थिइन् । आयोजक र सहभागीहरू भारतमा उदाइरहेको दक्षिणपन्थी राष्ट्रियताको सवालसम्बन्धी विषयलाई कसरी उठाउने भन्नेमा संलग्न थिइन् ।)
वासिङ्टन स्क्वायर टायम : तपाईंले कथा भन्न दाबी गर्ने अधिकार कहाँबाट प्राप्त गर्नुभयो ? तपाईं न्यायको साधकका रूपमा खटिरहनुभएको छ । तपाईंको विचारमा जब युवा लेखकहरू आफ्नो काम गर्न सुरु गर्छन्; त्यसलाई मस्तिष्कमा इतिहास बनेर रहेको विगतको सुधारात्मक अनुभवले कति सहयोग गर्छ वा पीडा दिन्छ ? जब तपाईं लेखिरहनुहुन्थ्यो तपाईंलाई राजनीतिको बारेमा सोच आउँथेन अथवा के त्यसमा झर्को लाग्दो कला हुन्छ ?
किरण देसाई: त्यो ‘जोन वर्गर’ (John Berger) को भनाइ हो । चर्चको शिक्षा जस्तै यो यस्तै गरेर जान्छ । अवश्य उनी राजनीतिमा निकै सक्रिय लेखक हुन् । उनी ऐतिहासिक साहित्यका प्रतिनिधि हुन् । निश्चित रूपमा साहित्यमा सबै आवाज संलग्न हुनुपर्छ भन्ने बहुलवादी धारणाका पक्षधर हुन् । बहुल विचारहरू जेजति पनि इतिहासमा समेट्नुपर्छ भन्ने मान्यता राख्छन् । ‘क्यालभिनो’ (Calvino) को नयाँ सहस्राब्दीका लागि ६ बुँदा भन्ने एउटा निबन्धको गुणात्मक पुस्तक हो । उनले गद्यमा नयाँ पुस्तकभित्र गुणात्मकता आवश्यक रहेको सोचे । तिनीहरू हल्का, छरितो र बहुआयामिक छन् । अन्तिमको एउटा पूरा लेखिएको छैन । त्यो पूरा नगर्दै उनको मृत्यु भयो । यो पनि उस्तै समान गतिशीलताको हुन्थ्यो । उनी धेरै प्रकारका कथाहरूको एकात्मकताका बारेमा जोड दिन चाहन्थे । ती विचारहरू सचेतताका लागि तिम्रो मूल्यवान् भूमिका उस्तै हुनेछ । यो फराकिलो संसारमा तिम्रो लेखनको फलदायी कामले मानिसको सोचमा प्रभावित पारेको छ । तिमीले आफ्नै सिर्जनालाई मूल्याङ्कन गर, बाहिरबाट मात्र होइन कि भित्रबाट बाहिर पनि हेर । तिम्रो सानो संसारको बारेमा मात्र नसोच ।
वासिङ्टन स्क्वायर टायम : किन होइन ?
किरण देसाई : ‘सेप्टेम्बर इलेभेन्थ’ (September Eleventh) लाई लिउँ, अमेरिकी साहित्य संसारमा त्यसलाई अझ समग्रमा लेख्न सकिएको छैन । आख्यान र अरू प्रकारमा पनि पूरा लेखिसकिएको छैन । मध्यपूर्वमा अमेरिकी सहभागिता निकै बढी छ । अमेरिकी वैदेशिक नीतिले संसारभर मानिसको जीवनमा प्रभाव पार्छ र अमेरिकी साहित्यको स्थायित्व तिनीहरूले लेखेको पुस्तकबाट सम्भव भएको हो । त्यसपछि त्यहाँ अचम्मको कुरा भयो । किन तिनीहरू सधैँ नै हामीलाई घृणा गर्छन् ? म सधैँ विश्वभरि हुर्किएको र एकदमै सजिलैसँग फैलने संसारको कल्पना गर्थें । यसकारण ठुलो र सहज त्यो संसारबाट त्यो लेखक अचम्मित भएकी थिइन् । कसरी तिनीहरूले कुनै एकको आधारमा तिनीहरूको संसारबाहिर हेर्थे ? ती लेखकहरू जो तिनीहरू आफैँलाई बाहिरबाट भित्र हेर्दैनथे । भित्र जो आफैँ समान थिएनन् तर त्यसपछि मैले महसुस गरेँ, यो सुविधा पनि सीमित थियो । यो पूरै दुर्भाग्य हो, तिम्रो संसारमा बाँच्न । लेखकहरू काम गरिरहेका छन् । तिनीहरूले लेखिरहेको हुनुपर्छ । हामी सबै तयारी भएर रहेका थियौँ । वास्तवमै अचम्म हेर्नका लागि । अलिकति राम्रो रूपमा तयारी गरेको भए अहिले लेखिरहेका पुस्तक अझ गहिरिएर लेखिन्थे ।
‘जोन अप्डाइक’ (JOHN UPDIKE) ले लेख्न कोसिस गरिरहेको आतङ्ककारी भन्ने पुस्तक सबैका लागि आश्चर्यको कुरा थियो । जहाँ उनले आतङ्ककारीको विषयमा चासो राखेको कुरा आश्चर्यजनक थियो । म उनलाई प्रशंसा गर्छु तर यो ढिलो र केही गलत थियो । जब तिमीबाट गलत प्रतिनिधित्वको फाइदा उठाइन्छ यस्तो लेखन त्यति सजिलो र सुविधाजनक छैन । किनभने तिमीले बोल्ने भाषाका कारणले अथवा तिमी आएको वर्गको वा तिमीले गरेको असफल यात्रा निकै महत्त्पूर्ण देखिन्छ, त्यो समुदायको ऐतिहासिक रूपले प्रतिनिधित्व हुन नपाउनु मुख्य कारण हो । संसारको साहित्यिक मञ्चमा उसको सीमा र कमजोरीहरू बुझ्न बाध्य गरायो । यो सिकिँदै जाने कुरा हो, जो दुःखदायी र एकदमै अनिवार्य छ ।
मैले लेख्नका लागि लामो समय लिन्छु; पुस्तक निकाल्न दस वर्षभन्दा बढी । म भनिरहेकी छैन कि प्रत्येकले त्यो मूल्यवान् समय लिनुपर्छ । म सधैँ महसुस गर्छु, तपाईंले आफ्नो बारेमा लेख्ने ठाउँ सिर्जना गर्नुपर्छ । तपाईं पूरै अनुशासित र पारदर्शी रूपमा तपाईंको सिर्जनात्मक जीवनको एउटा भाग बन्नुपर्छ । तसर्थ मिनेट मिनेटद्वारा कति समय तपाईंले आफ्नो पुस्तकलाई दिनुभयो ? वास्तविक जीवनको सट्टामा कति समय आफ्नो वास्तविक जीवनको पारदर्शिता कृत्रिमता बदल्नका लागि दिनुभयो ? के तपाईं पुस्तकको पेजमा आफ्नो जीवन बाचिरहनुभएको छ ? यदि सक्नुहुन्छ भने रूपान्तरण गर्नुहोस् तपाईंको प्रशस्त जीवन आफ्नो लेखनको संसारमा । यसकारण पनि ठाउँ (space) सबैभन्दा ठुलो कुरा हो ।
वासिङ्टन स्क्वायर टायम : के तपाईंजस्तै अनुशासित लेखन जीवनमा कमजोरदेखि कमजोर छन् ? तपाईंले के सिक्नुभएको थियो त्यो अभावबाट ? एक प्रकारको प्राविधिक अथवा अनुशासित तालिका ?
किरण देसाई : अबबाट म त्यो बाटोमा दस वर्ष काम गर्छु । लेखाइ मेरा मुख्य क्रियाकलाप नै हुन्छ । जब हामीले सुरूको राजनीतिक क्षणका बारेमा कुरा गरेका थियौँ र मेरो विचारमा लेखनको जीवनमा यसलाई समेट्न आवश्यक छ । मैले कडा सङ्घर्ष गर्नुपर्थ्यो आफ्नो बानी बनाउन/ निर्माण गर्न र त्यसपछि अन्तिममा म बिहानै ब्युँझन सक्थेँ र सिधै केही नसोची आफ्नो बेन्चमा पुग्थेँ । मेरो जीवनले पूरै लय समात्यो।
वासिङ्टन स्क्वायर टायम : तपाईं बिहानमा लेख्नुहुन्छ ?
किरण देसाई : त्यसपछि मैले साँझहरूमा लेखेँ । मसँग धेरै सानो जीवन छ । मेरो जीवनमा पुस्तक छ । युवा लेखकलाई प्रोत्साहित गर्न निकै कठिन छ किनभने मलाई थाहा छैन कि युवा लेखकहरू इच्छाशक्ति बढाउन कति त्याग गर्न सक्छन् ?
वासिङ्टन स्क्वायर टायम : कल्पना गरौँ, कुनै बन्धन/सीमा छैन !
किरण देसाई : कल्पना गरौँ, बन्धन छैन । म बिहान लेख्छु; दिनमा छोटो विश्राम लिन्छु । प्रायः त्यस्तै गरी साँझमा लेख्छु । मैले रातको समय अथवा साँझ र बिहान दुवै समयमा लेख्छु । म भन्न चाहन्थेँ, मेरो लेखनमा मेरो जीवनको रूपान्तरण भइरहेको छ । मेरो लेखनको संसारभन्दा वास्तविक जीवन यथार्थ छ मेरा लागि । लेखनमा त्याग र सोच ठुलो कुरा हो । सबै लेखकहरूको परिवार छ । तिनीहरूका बच्चा छन् र तिनीहरू सिकाइको जीवनमा छन् । तिनीहरूको प्रतिष्ठाको जीवन छ । मसँग लेखन छ । लेखन नै मेरो जीवन हो । यो मेरा लागि उत्कृष्ट काम भएको छ र सायद मेरो जीवनका लागि धेरै राम्रो छैन।
मेरो लेखनमा मेरो जीवनको रूपान्तरण भइरहेको छ । मेरो लेखनको संसारभन्दा वास्तविक जीवन यथार्थ छ मेरा लागि । लेखनमा त्याग र सोच ठुलो कुरा हो ।
वासिङ्टन स्क्वायर टायम : हामीले यस्तो अवस्थामा त्यागका बारेमा कुरा गर्यौँ, जहाँ सम्झौता निश्चित छ।
किरण देसाई : सधैँ मैले निर्णय गर्नुपर्छ, कि त बाहिर जाने अथवा घरमै रहने । मैले लेखन पहिचान गर्थें । म मुस्किलले लेखन गर्ने निर्णय गर्थें । म कहिलेकाहीँ डरको महसुस गर्थें जब मैले मेरो जीवनमा के सिर्जना गरिरहेको छु भन्ने देख्थेँ ।
वासिङ्टन स्क्वायर टायम : साँच्चै ?
किरण देसाई : हो, किनभने धेरै बाटाहरूमा यो एकान्त जीवन हो तर, यही समयमा प्रत्येक एकान्त समयमा मैले निर्णय गर्न सकेकी छु । मैले मेरो लेखनका लागि निर्णय गर्छु । सुन्दर एउटा काममा कलासँगै बाँच्नका लागि खुसी हुन्छ ।
वासिङ्टन स्क्वायर टायम : हामीले सुरुमा भारतमा राजनीतिक अवस्थाको कुरा गर्यौं । र, प्रशस्त लेखकहरूको सीमान्तकृत समुदायको बारेमा सोच्यौँ । जब त्यसले लेखकको वर्ग, लेखनको तह अथवा रूची, धार र रङ्ग निर्धारण गर्छ । दक्षिणी भूमण्डलका हामी सबै लेखकहरू संयुक्त घटना बोकेर तोकिएको विकासका लागि एकताबद्ध भइरहेका छौँ । यो पीडा लेख्नका लागि सँगसँगै हिँडिरहेका छौँ तर मलाई थाहा छ, त्यो व्यक्तिगत रूपमा मसँग प्रशस्त तनावहरूको अनुभव छ । कि त मैले एउटा ठाउँको बारेमा लेख्नुपर्छ कि त यसलाई । लेखाइ र पढाइका लागि अहिलेसम्म प्रशस्त तरिकाहरू छन् । धेरैजसो पश्चिमी उच्च मध्यम वर्गका क्रियाकलाप सङ्केत गरिएको छ । तपाईंले जसका लागि लेखिरहनुभएको छ, यस्तो तनाव कहिल्यै महसुस गर्नुभएको छ ?
किरण देसाई : म धेरै सोचमग्न थिएँ यो जान्नका लागि । म विशेष प्रकारका उपन्यास पढ्दै हुर्किएकी थिएँ । किनभने म भारतमा हुर्किएँ र त्यस्तै हामी ब्रिटिस साहित्य अध्ययनमा हुर्कियौँ । ‘जेन अस्टिन’ (JANE AUSTEN) एउटा उदाहरण हुन् । जब म हुर्किंदै गएँ, म सधैँ उपन्यासको बारेमा सोच्थेँ । त्यो बस्ने कोठा निकै आरामदायी थियो । म उपन्यास सिर्जनाको तहमा आबद्ध भएँ र सिर्जनाको तह सजिलो भयो । रूपान्तरण गर्ने प्रयासमा त्यो बाटोमा मैले जे लेखेँ, म सचेत थिएँ । त्यहाँ केही पुस्तकहरू थिए र त्यसले सहयोग भयो लेखनमा । जस्तै, ‘म्याक्सिन हङ किङस्टन’ को (Maxine Hong Kingston’s), ‘दी वुमन वरिअर एण्ड चाइना मेन’ (The women Warrior and China Men) । ती पुस्तकहरू बैठक कोठामा छाडिएका थिए र यिनीहरूले बैठक कोठाबाट बाहिरको संसारमा लैजान्थेँ । त्यहाँ आप्रवासी र आन्दोलनको बारेमा रूची राख्ने केही लेखकहरू थिए । जसले उपन्यासलाई फरक तरिकाले सोच्न सुरु गरे ।
वासिङ्टन स्क्वायर टायम : तपाईं यो कसरी गर्नुहुन्छ ? प्राविधिक रूपमा कसरी गर्नुहुन्छ ?
किरण देसाई : मैले त्यो ‘वर्गर लिन (Berger Line)/ हृदयबाट लिएँ र मैले अन्तिम पुस्तकमा अनेक कथाहरू लेखेँ । चारैतिर हुर्किएका आप्रवासी बाहिरका कथाहरू । त्यसपछि यो पुस्तक आयो । कति कथाहरू बनाउँदै निर्माण गर्न सकियो र कति नसकिँदै समात्नुपर्थ्यो मैले । जब तपाईं एउटा समयको पुस्तक लेखिरहनुभएको छ, धेरै दृश्यहरू जोडिन्छन् तपाईंसँग । अति धेरै प्राकृतिक दृश्यहरू । अति धेरै पात्रहरू । त्यो समयबाट तपाईं एउटा घरमा रहन सक्नुहुन्न । त्यसकारण तपाईं यो अलग मौसममा असङ्ख्य दृश्यहरूसँग वार्ता गर्नुहुन्छ । ध्वनिपरावर्तन र समानता पहिचान गर्दै अन्तिममा मैले पुस्तक निर्माण गरेँ । मैले रेखा खिचेँ, पहिलो र तेस्रो विश्वको बीचमा, विश्वव्यापीकरणको औपनिवेशिक समय र दिनको बीचमा, धेरै विकासोन्मुख राष्ट्रका आप्रवासीहरूका कथाका बीचमा र त्यो पुस्तक बुनियो ।
वासिङ्टन स्क्वायर टायम : यसकारण तपाईंले विविध समानान्तर कथाहरू लेख्नुभयो र त्यसपछि जे पनि जोडेर प्रयोग गर्नुभयो । के कोही हारेर कोही अरूले जित्न सक्छ ?
किरण देसाई : हो, त्यहाँ वास्तविक प्लट छैन । आप्रवासी कथा छ त्यहाँ । ‘न्यू योर्क सिटी’ (New York City) लाई पुस्तकको भागमा मिलाइएको छ । अर्को भाग भारतीय द्वीपहरूमा, दुवैमा मिलाइएको छ । विविध ठाउँ र वर्गबाट आएका मानिसहरू छन् । सोधिएको प्रश्न समान छ, तिनीहरू आप्रवासी श्रमिकका प्रश्नहरू हुन् । को प्राकृतिक सौन्दर्यमाथि दाबी गर्छ ? को धनी र शक्तिशाली हुन सक्छ ? को गरिब हुन पुगेको छ ? तपाईं कति लामो समयसम्म एउटा ठाउँमा आबद्ध भएर रहन सक्नुहुन्छ ? पहिले कति लामो समयदेखि तपाईंको भाषा चिनिएको थियो ? कति लामो समयदेखि राजनीतिमा तपाईंको सहभागिता रहेको छ ? यदि तपाइँले केही पढ्नुभयो भने जस्तै, ‘रोवर्टो वोलानो’ को ‘सेभेज डिटेक्टिभ्ज’ (Roberto Bolano’s savage Detectives), जुन विभिन्न आप्रवासीहरूको कथा हो ।
वासिङ्टन स्क्वायर टायम : कसरी ?
किरण देसाई : यो निरङ्कुश सैनिक शासनको छिरोलिएको समुदायका अज्ञात कविहरूको बारेमा छ । यसर्थ यो हराएका कविहरूको अन्त्यहीन कथा बनेको छ र तपाईं एकोहोरिएर पढ्नुहुन्छ । तर, यथार्थमा यसमा वास्तविक शक्ति छ । भीडका ती मानिसहरूको यस्तो कथा जो केही जान्दैनन् । यसमा वास्तविक शक्ति छ । निश्चित रूपमा उपन्यासकारले लेख्न यो एउटा यस्तो गाह्रो चिज छ । किनभने भीडलाई स्वीकार गरेर जान प्रत्येक समय स्वच्छ हुनुपर्छ र पाठकसक्षम बन्नुपर्छ ।
भीडका ती मानिसहरूको यस्तो कथा जो केही जान्दैनन् । यसमा वास्तविक शक्ति छ । निश्चित रूपमा उपन्यास लेख्न गाह्रो छ । किनभने भीडलाई स्वीकार गरेर जान प्रत्येक समय स्वच्छ हुनुपर्छ र पाठक सक्षम बन्नुपर्छ ।
वासिङ्टन स्क्वायर टायम : यसमा कमजोरीको गहिरो प्रभाव रहेको छ ।
किरण देसाई : हो, सोही समयमा म लेखन कार्यशालाको उत्पादन हुँ तर, त्यसपछि म धेरै पुरानो ढङ्गको लेखनबाट पछि हटेँ । अहिले म पूरै एकान्तमा लेख्छु र लेखनबाट यो पूरै सत्य साबित भएको छ । तपाईं केही वर्ष हराउन सक्नुहुन्छ र तपाईंले पछाडि केही अप्ठ्यारो काम गर्नका लागि बल गर्नुहुन्छ । यदि तपाईं आफ्नै रमाइलोमा गलत बाटोमा पुग्नुभएको छ भने त्यसपछि तपाईं अप्ठ्यारा कामहरू दोहोर्याउँदै प्रभावकारी बाटोमा आफैँसँग खेल्नुहुन्छ । तर, तपाईंले अझै अनौठा, अमिल्दा र अँध्यारा पलहरूको बारेमा लेखनमा दह्रो तरिकाले आवाज दिनुपर्ने हुन्छ । यसकारण तपाईंले लेखन पेसाबाट लेखनको सन्तुलन सिक्नुहुन्छ । यो तपाईंका लागि उत्तम हुनेछ तर, त्यसपछि तपाईं फैलनका लागि पुनः फर्कनुहुन्छ ।
वासिङ्टन स्क्वायर टायम : लेखिरहेका वर्गका लागि दिइएको शिल्पगत सुझावका रूपमा यो अनुक्रम वास्तविक स्वरूपमा थियो । अन्यथा सीमान्तकृत लेखकहरूसँग कसैलाई भेट्ने अधिकार र भुत्ते उपकरणमा पहुँच थिएन, जहाँ तिनीहरू तपाईंलाई कसरी वस्तुहरू देखाउँछन् ? यसकारण मसँग तीन प्रश्नहरू छन्- पहिलो खराब लेखनको सुझाव के हो, जुन सधैँ तपाईंले प्राप्त गरेर पछाडि छोड्नुपर्थ्यो ?
किरण देसाई : खराब लेखनको सुझाव भनेको तपाईंले जानेको कुरा लेख्ने हो । त्यो मात्र लेख्नुहोस्, जे तपाईंलाई थाहा छ । म त्यो धेरै रमाइलो छ भन्ने सोच्दिनँ । म सोच्छु कि हामी आख्यान लेखकहरू कल्पनामा विश्वास गर्नुपर्छ । मैले आप्रवासीहरूको आवाजको दृश्य लेख्नुपर्थ्यो र म ती समुदायहरूमा घुलमिल थिइनँ । मैले राम्रो गर्नैपर्ने कारण निकै सचेत रूपमा कथाहरूलाई सुनिरहेँ । तपाईंलाई थाहा छ ‘नोवोकोभ’ (NOBOKOV) ले जब ‘लोलिता’ लेखे, त्यसमा एउटा जवान केटी कसरी बोल्छे ? हो, यसकारण निकै गाह्रो छ – सुनिरहन र कल्पनामा विश्वास गर्न । वास्तवमै यो आवश्यक छ कि, असहज भएको ठाउँमा तपाईंले यसलाई मिलाउनुपर्छ ।
वासिङ्टन स्क्वायर टायम : तपाईंको विचार र अनुभवबाट सबैभन्दा उत्तम लेखन सुझाव के हो ?
किरण देसाई : म सबैभन्दा राम्रो लेख्न सुझाव सोच्छु । कसरी आलोचनालाई लिने भनेर म सबै वर्गलाई लेख्न सुझाव दिन्छु । केही आलोचना तत्कालै प्रयोग हुन्छन् र तपाईं त्यसलाई उत्सुकताका साथ लिन सक्नुहुन्छ किनभने यसबाट तपाईंले कसरी तपाईंको लेखन सुरक्षित हुन्छ भन्ने देख्नुहुन्छ । त्यसपछि त्यहाँ त्यो आलोचना तत्कालै लचकदार हुँदैन, त्यो तपाईंसँगै सानो रूपमा बस्छ । पहिले सायद केही प्रयास हुनेछ तपाईंले सल्लाहका लागि हेर्न दिनुहुन्छ । यदि यो वास्तवमै राम्रोका लागि हो भने तपाईंको काम परिवर्तन हुन्छ । र, तेस्रो प्रकारको आलोचना तपाईंले अस्वीकार गर्नुपर्छ । यो अति महत्त्वपूर्ण कुरा हो, आफ्नो लेखनका लागि आफ्नो लेखनबाट उठ्नका लागि अरू कोही पनि यस्तो गर्दैनन् । पछाडिको समयमा तपाईं सङ्घर्ष गर्न सक्षम हुनुपर्छ । तपाईं आलोचनाबाट पर जान सक्षम हुनुपर्छ, यस्तो आलोचनाले तपाईंको सिर्जनाका लागि राम्रो गर्दैन । किनभने त्यहाँ त्यस्तो आलोचना हुनेछ । त्यहाँ सम्पादक र शिक्षक हुन्छन् जो तपाईंलाई सुझाव दिन्छन्, जुन तपाईंको सिर्जनाका लागि घातक हुन्छ । किनभने जे तपाईंको लेखन हुनुपर्छ, तिनीहरूसँग त्योभन्दा पूरै फरक धारणा हुन्छ ।
वासिङ्टन स्क्वायर टायम : तपाईंलाई कसरी थाहा हुन्छ त्यो के हो ? किनभने एउटा समुदायबाट आएको त्यो प्रशस्त उपन्यास पढ्न-लेख्न सक्दैनन्; ईश्वरको दिव्य शब्दका रूपमा मेरो प्रेरणाले प्रत्येकले सबै कुरा लिनुपर्छ ।
किरण देसाई : यस्तो नगर्नुहोस् । तपाईंलाई कसरी थाहा छ ? तपाईं समयसँगै सिक्नुहुन्छ । तपाई यो आलोचना प्रयोग गरेर लेखनकार्यमा बदलिएको ६ महिनापछि एकैपटक थाहा पाउनुहुन्छ । प्रायः यो प्रशस्त समयमा तपाईंको काम पढ्ने हो । लेख्दै, पढ्दै कुरिराख्नोस् । तपाईंले वार्ता गर्दै हुनुहुन्छ, प्रकाशन संसारसँग । तसर्थ यिनीहरूसँग धेरै फराकिलो सोच छैन । पाठकहरू प्रशस्त फराकिलो सोचका र फरक कथाहरू पढ्नका लागि तत्पर छन् ।
प्रकाशन संसार बजारसँग जोडिएको छ । उदाहरणका लागि म तपाईंलाई सानो सल्लाह दिन्छु – मैले मेरो अन्तिम पुस्तकमा यही दिएकी छु, जहाँ राज्य र भारतको बीचमा विभाजन थियो र यथार्थमा इङ्ल्यान्डको बीचमा पनि । मैले रोक्न सही तरिकाले सल्लाह दिएँ । सिङ्गो अमेरिकालाई विच्छेद गर्न पुस्तकमा पूरै भारत समेटिएको थियो । त्यसपछि सोचेँ- त्यस्तो हुन्न, म हृदयले जे लेख्न प्रयास गरिरहेकी छु, त्यसको विरूद्धमा छु । यो सबै भनेपछि मैले सोच्नुपर्छ, यो पनि निकै महत्त्वपूर्ण छ कि उपन्यासको काममा हराउन सक्षम हुनुपर्छ ।
एउटा चेखवको कथामा तिनीहरू सानो मानवीय घटनाले नजिक देखिन्छन् । र, सायद वर्णनको सम्झनाले अहिलेसम्म नजिक देखिन्छन् किनभने तिनीहरूले समयको राजनीति कुरेका छैनन् । तसर्थ तपाईं दुईवटा कुरामा सक्षम हुनुपर्छ- म व्यक्तिगत रूपमा त्यो असजिलो बाटोमा गाह्रो लेखन गरिरहेकी छु; बानी र अनुशासन निर्माण गरी समय र ठाउँको बारेमा लेख्नका लागि । यदि मैले समानान्तरको चित्र कोर्ने प्रयास गरेँ भने र भारतमा आप्रवासीको बारेमा कुरा गर्ने प्रयास गरेँ भने म सीमा वारपार गरिरहेकी हुन्थेँ । म सीमाविहीन शासित क्षेत्र समानान्तर रूपमा जाओस् भन्ने चाहन्थेँ । त्यसपछि मैले आधा कथा हटाउन सकिनँ । यदि तपाईंको विचारमा लेखनको सबै विचारले आक्रमण गर्यो भने त्यसपछि तपाईँ अरू समय कसरी लेखन गर्ने भन्ने बुझ्नुहुन्छ र आफ्नो लेखनको आवाजमा विश्वास गर्न सिक्नुहुन्छ । किनभने, प्रकाशक र सम्पादक तिनीहरू कस्तो गुणस्तर पाइरहेका छन् भन्ने सधैँ जान्दैनन् । तिनीहरू पुस्तकको बजार सोचिरहन्छन् र हामी सोच्दैनौँ ।
वासिङ्टन स्क्वायर टायम: तपाईं यो सहरमा कसरी शान्त लेखन पूरा गर्न सक्नुहुन्छ ?
किरण देसाई : तपाईंले साधकजस्तो अनुशासन निर्माण गर्नुपर्छ, तपाईं अन्यत्र ध्यान मोड्न सक्नुहुन्न । यो धार्मिक अथवा आध्यात्मिक अभ्यास जस्तो हो । तसर्थ अभ्यासले भावनात्मक बाटो समात्छ र शारीरिक पनि । यसैले तपाईंले शारीरिक तन्दुरुस्त पनि निर्माण गर्नुपर्छ । एउटा उपन्यासले गम्भीर प्रयासको माग गर्छ ।
वासिङ्टन स्क्वायर टायममा : के तपाईं घरमा लेख्नुहुन्छ ?
किरण देसाई : म घरमा लेख्छु । म कहिल्यै ‘क्याफे लेखक’ होइन । म लेखनका लागि अफिसको खुल्ला भागमा पनि जान चाहन्नँ । एकपटक तपाईंले अनुशासन र धैर्यले सिर्जनाको गाह्रो काम गर्न सुरु गर्नुहुन्छ, तपाईंलाई दस वर्ष ठीकै हुन्छ । लेख्न सक्षम र असक्षम हुने बारेमा तपाईं कहिल्यै चिन्तित हुनुहुन्न तर के लेखिरहेको छु भन्नेमा मात्र चिन्तित हुनुहुन्छ ।
वासिङ्टन स्क्वायर : वास्तवमै सोचेर लेखन सुरु गर्नका लागि साढे नौ वर्ष अति सजिलो हो ।
किरण देसाई : दस वर्षपछि वास्तवमै यो कुनै प्रश्न हुने छैन । यो पूर्ण रूपमा सुन्दर हुनेछ ।
वासिङ्टन स्क्वायर टायममा : अहिले तपाईंले कुनै पुस्तक लेखिरहनुभएको छ ? तपाईंले लेखिरहेको कुनै पुस्तक छ अहिले तपाईंसँग ?
किरण देसाई : मैले सधैँ एउटा पुस्तकमा काम गरिरहेकी छु । यदि म लेखन कार्यशालामा भएकी भए पूरै मन पराएर सकेकी हुन्थेँ तर यसको सट्टामा मैले विविध कथा खोजी गर्नका लागि पूरै लामो समय लिएकी छु । अब म त्यसलाई छानिरहेकी छु । म अहिले एउटा पुस्तकमा काम गर्दै छु र यो पुस्तक सोनिया र सन्निको बारेमा हो र विश्वव्यापी एक्लोपनको बारेमा पनि हो । यो विभिन्न राष्ट्र, वर्ग र जातीय विभाजनलाई उपन्यासबाट देख्न सकिन्छ । विगत छिटोछिटो हराइरहेको छ । त्यो तथ्य, अनेक प्रकारको एक्लोपना केवल रमाइलो मात्र नभएर अन्त्यहीन र नसुल्झिएको मनोरञ्जनको चस्माबाट उपन्यास देखिन्छ ।
(अनुवाद : सिर्जन अविरल)