शनिबार , अषोज ३, २०८३

‘संघीयताको विकल्प खोज्न तयार हुनुपर्छ’ -ओली

image

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले  सोमबार दिउँसो सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै  संविधान जारी गर्ने बखतमा हतार भएको बताए ।

‘जे भए पनि हामीले संघीयता ल्याएको हो । यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं । अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मेहनत गरे पनि हुँदैन,’ ओलीले भने, ‘सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ ।’

उनले अहिलेकाे सरकार कसले चलाएकाे भन्ने सराेकार नभएकाे तर यस्तै अवस्था रहे नेपालकाे अवस्था श्रीलंकाकाे जस्तै बन्ने दाबी गरे ।

‘अहिलेको अवस्था निरन्तर रहे कम्तीमा पुग्ने भनेकै श्रीलंकामै हो,’ ओलीले भने, ‘त्योभन्दा पर पनि जान सक्छ।’

Tags:

सम्बन्धित समाचार