काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले झापा जिल्ला पुनः लाल किल्ला बन्ने बताएका छन् । नेकपा एमाले झापाका लागि नयाँ पार्टी नभएकाले एमाले सानदार बहुमतका साथ विजय हुने ओलीले बताए ।
झापाको बिर्तामोडमा मंगलबार आयोजित चुनावी अभियान सभामा बोल्दै एमाले अध्यक्ष ओलीले अपवाद बाहेक झापा पुनः लाल किल्ला बन्ने दाबी गरे ।
झापा आन्दोलनबाट नेपालमा बढेको बामपन्थी आन्दोलनले राजनीतिक आमूल परिवर्तन भएको उनले बताए । अनेक उतारचढाव झेल्दै भए पनि नेकपा एमाले अहिले नेपालकै सबभन्दा बलियो शक्तिको रुपमा स्थापित भएको उनको भनाइ थियो ।
बिर्तामोडमा आयोजित सभा अघि ओलीले झापाको भद्रपुर, हल्दीबारी तथा मेचीनगरमा नेता तथा कार्यकर्तालाई सम्बोधन गरेका थिए । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै चुनावी सभाहरूलाई सम्बोधन गर्न ओली झापा आएका हुन्।
हल्दीबारीमा आयोजित चुनावी कार्यक्रममा उहाँले बुढाबुढीको संरक्षण गर्ने पार्टी एमाले मात्र भएको बताए । विर्तामोडमा आयोजित कार्यक्रममा नेता सुवास नेम्बाङले सबैतिरबाट षडयन्त्र भए पनि एमालेलाई कुनै असर नगर्ने बताए ।