दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा बाहिरी जिल्लाबाट प्रवेश गरेका युवाहरुलाई प्रहरीले हिरासतमा लिएको छ । आउँदै गरेको स्थानीय तहको निर्वाचन बिथोल्न आएका गैरमतदातालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् ।
काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा बाहिरी जिल्लाबाट प्रवेश गरेका युवाहरुलाई प्रहरीले हिरासतमा लिएको छ । आउँदै गरेको स्थानीय तहको निर्वाचन बिथोल्न आएका गैरमतदातालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् ।
अपरिचित मान्छेहरु गाउँ प्रवेश गरेको सूचनाको आधारमा प्रहरीले खोजी गर्ने क्रममा १० जनालाई नियन्त्रणमा लिएको बताइएको छ । त्यसमध्ये दुईजना भने मोटरसाईकलमा फरार भएका छन् ।
उनीहरु ६ वटा मोटसाइकलमा गाउँ प्रवेश गरेका थिए । स्थानीयका अनुसार शंकास्पद मान्छेहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो । साथमा प्रहरीले उनीहरुको ६ थान मोटसाइकल पनि नियन्त्रणमा लिएको छ ।
मतदातालाई तर्साउन र बुथ कब्जा गर्ने उद्देश्यले उनीहरु झुले प्रवेश गरेको बताइएको छ । दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलक अनुसार निर्वाचन बिथोल्न शंकास्पदरुपमा गाउँ प्रवेश गर्न लागेका युवालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको छ ।
निर्वाचन बिथोल्ने कृयाकलाप रोक्न जिल्लाभरका नाकाहरुमा थप कडाइ गरेर जाँच र खानतलासी तीव्र बनाइएको प्रहरीले बताएको छ । यसअघिका निर्वाचनमा पनि तामाकोसी गाउँपालिकास्थित विभिन्न मतदान केन्द्रहरुमा गैरमतदाता प्रवेश गरी निर्वाचन प्रभावित पार्ने गरेका थिए ।
स्थानीयका अनुसार नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका प्रकाश पाख्रिनको नेतृत्वमा झुलेमा बाहिरी युवा प्रवेश गराइएको हो । कांग्रेसबाटै अर्का बागी उम्मेदवार उठेपछि बुथ कब्जा गर्न यवाहरु भित्र्याइएको हुनसक्ने एमालेले आरोप लगाएको छ ।