सोमबार , भाद्र ८, २०८३

दुई दिन मतदाता शिक्षा दिँदै निर्वाचन आयोग

बुधवार र बिहीबार निर्वाचन आयोगले मतदाता शिक्षा दिने भएको छ ।

image

काठमाडौं । बुधवार र बिहीबार निर्वाचन आयोगले मतदाता शिक्षा दिने भएको छ । आयोगका अनुसार नयाँ मतदाताहरूलाई मत हाल्ने तरिका थाह नभएकाले मतदाता शिक्षा दिइन् लागिएको हो ।

मतदाता परिचय पत्र वितरण गर्न र नमुना मतपत्रमा मत हाल्न सिकाउन आयोग सम्बन्धित मतदान अधिकृतसँग खटिनेछ । स्थानीय तहको निर्वाचन अन्तर्गत मङ्गलवार राति १२ बजेबाट मौनावधि सुरु भएको छ ।  यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि किसिमले प्रचारप्रसार गरेर भोट माग्न पाउँदैनन् ।

आयोगले यसका लागि अनुगमन टोली समेत खटाएको छ । निर्वाचन आचारसंहिता विपरीत काम गरेको पाइएमा तत्काल कारबाही गर्न सक्ने अधिकार सहित अनुगमन टोली खटिएको छ ।

Tags:

सम्बन्धित समाचार