काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच एकीकरण हुने भएको छ ।
आइतबार दिउँसो २:३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुनेछ । लोसपाका सचिव रञ्जित झाका अनुसार लोसपा र लोक दलबीच एकीकरण हुन लागेको हो ।
कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको बताइएको छ ।