लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी‘सोनाम’ले आफ्नो मत खसालेका छन् ।
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी‘सोनाम’ले आफ्नो मत खसालेका छन् । उनले रोल्पा नगरपालिका ६ स्थित कोटगाउँबाट मतदान गरेको जनाइएको छ ।
मतदान गर्न उनी बिहान सात बजे मतदान केन्द्रमा पुगेको बताइएको छ । उनी यही हप्ता आफ्नो क्षेत्र रोल्पा पुगेका हुन् । मतदान सकेर उनी आजै बुटवल फर्किने योजना रहेको छ ।