नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मतदान गरेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मतदान गरेका छन् । उनले रोल्पा नगरपालिका १ स्थित दामरुकको तारा माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।
महराको दाङ क्षेत्र नम्बर २ भएपनि उनको मतदाता नामावली रोल्पा नगरपालिकामा छ । मतदानका लागि दुई हप्ताअघि उनले राजधानी छोडेका थिए । उनले दाङ र रोल्पाका चुनावी सभालाई सम्बोधन गर्न राजधानी छोडेका थिए । उनी शनिवार राजधानी फर्किने योजनामा छन् ।