काठमाडौं । सत्ता साझेदार दल जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
बिहान सत्ता साझेदार १० दलले अनुमाेदन गरेकाे भन्दै नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर झाले उम्मेदवारी दर्ता गराएकी पार्टी अध्यक्ष सिके राउतकाे सचिवालयले जनाएकाे छ ।
जसपाले पनि उम्मेदवारी दर्ता गराउँदैछ । सत्ता साझेदार दलहरूले गरेकाे अनुमाेदनअनुसार जसपाले दुई जनाको नाममा उम्मेदवारी दर्ता गराउने छ । जसपाले रामसहाय यादव र प्रमिला यादवको नाम दर्ता गराउने सम्भावना छ ।