बिहिबार , अषोज ८, २०८३

सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

image

काठमाडौं ।  वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ ।

मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सोमबार सत्तलको शिलान्यास गरेका थिए ।

मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने बताए । ‘अब दशै लगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत्त बढ्छसक्छ। करिब ७ महिना भित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ,’ उनले भने ।

Tags:

सम्बन्धित समाचार