बुधबार , अषोज ७, २०८३

मतदानको दिन हवाई गस्ती

image

काठमाडौं । संवेदनशील र अति संवेदनशील क्षेत्रमा मतदानको अघिल्लो दिन र मतदानको दिन हवाई गस्ती गरिने भएको छ । चुनावका लागि बनाइएको विशेष सुरक्षा योजनामा आवश्यक परेको स्थानमा हवाइ गस्ती गरिने निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले बताए ।

चुनावका लागि  नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहितले २० वटा सुरक्षा रणनीतिक कार्ययोजना बनाएको उनले बताए  । मतदान केन्द्रलाई  सामान्य, संवेदनशील र अति संवेदनशील छुट्टाएर सुरक्षा योजना बनाइएको छ । पौडेलका अनुसार आपतकालीन सुरक्षा टोली ३० मिनेटमा मतदान स्थलमा पुग्नेछ ।

Tags:

सम्बन्धित समाचार