बुधबार , भाद्र ३१, २०८३

मेलम्चीमा आयो बाढी, अस्थायी पुलमा क्षति

मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने अस्थायी ह्युमपाइप कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा प्रभावित भएको छ ।

image

काठमाडौं । वर्षा सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदीमा राखिएको अस्थायी पुलमा क्षति पुगेको छ । गए राति आएको भारी वर्षापछिको बाढीले मेलम्ची नदीमा बनाइएको अस्थायी संरचनामा क्षति पुगेको छ ।

गएरातिको वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप राखेर बनाइएको फट्के पुलमा क्षति पुर्‍याएको हो ।

पुलमा क्षति पुगेसँगै सडक बन्द हुन पुगेको छ । पुलमा क्षति पुगेसँगै मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा न ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ लगायतले क्षतिग्रस्त अनुगमन गरेका थिए ।

मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने अस्थायी ह्युमपाइप कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा प्रभावित भएको छ ।

सम्बन्धित समाचार