महिलाको भेषमा एकजना पुरुषले पेन्टिङमाथि केक प्रहार गरेका छन् । नक्कली कपाल र लिप्सटिक लगाएर ह्वीलचेयरमा आएकी एक वृद्ध महिला पछि ह्विलचेयरबाट उठेर पेन्टिङ रहेको बुलेटप्रुप ग्लासतिर अघि बढेको भिडियोमा देखिन्छ ।
एजेन्सी । लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसामाथि केक प्रहार गर्ने संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।फ्रान्सको पेरिसस्थित लउभ्रे म्यूजियममा बुलेटप्रुफ सिसा भित्र राखिएको यस पेन्टिङलाई बिगार्ने उद्देश्यले यो हमला भएको बताइएको छ। घटना आइतवार भएको हो ।
घटनापश्चात् ३६ वर्षीष संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सांस्कृतिक वस्तुमाथि हानी पुर्याउने कोसिस गरेको अभियोगमा प्रहरीले समाती उनलाई साइकियाट्रिक युनिटमा पठाइएको छ ।

उक्त घटनासँग सम्बन्धित भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा देख्न सकिन्छ कि, महिलाको भेषमा एकजना पुरुषले पेन्टिङमाथि केक प्रहार गरेका छन् । नक्कली कपाल र लिप्सटिक लगाएर ह्वीलचेयरमा आएकी एक वृद्ध महिला पछि ह्विलचेयरबाट उठेर पेन्टिङ रहेको बुलेटप्रुप ग्लासतिर अघि बढेको भिडियोमा देखिन्छ ।
मोनालिसालाई संसारकै सर्वाधिक प्रसिद्ध चित्रकला मानिन्छ । पुनर्जागरण कालका इटलीका कलाकार लिओनार्दो दा भिन्चीलाई अहिलेसम्मकै एक महान् चित्रकार मानिन्छ ।
![]()
मोनालिसामाथि हमला घटनाहरू यसअघि पनि नभएका होइनन् । सन् १९५६ मा बोलिभियन व्यक्तिले पेन्टिङमाथि इट्टा प्रहार गरेपश्चात् मोनालिसालाई बुलेटप्रुफ सिसा भित्र राखिएको हो । अझ, सन् १९११ मा लुभ्र म्युजियममै काम गर्ने एक कर्मचारीले व्यापारिक प्रभोलनमा परि मोनालिसा चोरी गरेका थिए, जसबारे नेपालका वरिष्ठ कलाकार मनुजबाबु मिश्रले एउटा लिओनार्दो, धेरै मोनालिसाहरूमा सम्पूर्णत उल्लेख गरेका छन् ।
‘१९११ को २० अगष्ट आइतवारका दिन फ्रान्सभरि र खासगरि पेरिसभित्र एउटा ठूलो सनसनी मच्चिरहेको थियो । फ्रान्सका वरिपरिका अन्तरराष्ट्रिय सीमानाहरू बन्द गरिए । देश भित्रको सम्पूर्ण यातायात व्यवस्थालाई रोकियो । जताततै सावधानीको घण्टी बज्न लाग्यो । सम्पूर्ण प्रहरी वर्ग, सुरक्षा सेना तथा जासुसहरू सक्रियतापूर्वक देशका कुनाकाप्चा खोतल्न लागे । पेरिसमा त एउटा घर पनि नछाडी सम्पूर्ण शहरको खानतलासी लिइन लाग्यो । लुभ संग्रहालयका सबै कर्मचारी हिरासतमा राखिए । घटनाको तापक्रम बढ्दै गयो । तर, लुभ संग्रहालयबाट त्यो दिनमा चोरिएको विश्व प्रसिद्ध “जिओकोण्डा (मोनालिसा)” को मुहार चित्रको कुनै पत्तो लागेन ।
दिन बित्यो, रात बित्यो, हप्ताहरू पनि बित्दै गए । घटनाको शारीरिक तापक्रम क्रमशः घट्दै गयो । तर पनि भित्र-भित्र अमेरिका, बेलायत, इटाली, जर्मनी तथा फ्रान्सका जासूसहरू अपहरण गरिएकी “मोना”को खोजीमा नै थिए भने अर्को तर्फ विश्वभरिका कला संग्रहालय, कला संकलक, कला प्रेमी र अझ बढी त अँध्यारो बजारका कला क्रेता तथा विक्रेताहरूको बीचमा ठूलो सनसनी मच्चिएको थियो । सबैको कान ठाडो भएको थियो । कोही चाहि लियोनार्दो द भिन्सीको सर्वचचित र सर्वोत्कृष्ट चित्र हराएकोमा खेद प्रकट गर्दै थिए भने कोही भने त्यो हराएको चित्र कसैसँग सस्तोमा पो किन्न पाइन्छ कि भन्ने आशामा सचेत थिए ।.. (मनुजबाबुको निबन्धबाट)
