मंगलबार , अषोज ६, २०८३

७ सालदेखि भोट हाल्दै आएका १०१ वर्षीय नरबहादुरले गरे मतदान

image

रामेछाप । रामेछापका १०१ वर्षीय नरबहादुर कार्कीले मतदान गरेका छन् । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरस्थिति हिलेपानी मतदानस्थलमा पुगी कार्कीले मतदान गरेका हुन् ।

कार्की २००७ सालदेखिका चुनावमा आफूले मतदान गर्दै आएको बताउँछन् । “यो पटक पनि भोट हाल्न पाउँदा एकदमै खुसी लागेको छ”, उनले भने ।

रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र ५ जना सहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा १ मा ११ जना र प्रदेशसभा २ मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेश १ मा ८७ हजार ६३३ र प्रदेश २ मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता छन् ।

Tags:

सम्बन्धित समाचार