आइतबार , अषोज ४, २०८३

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले हाले भोट

image

काठमाडौं ।  राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।

बिहीबार संसद भवन नयाँबानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार नेम्वाङले मतदान गरेका हुन् । यसअघि राष्ट्रपतिका अर्का उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेलले सबैभन्दा अगाडि भोट खसालेका थिए ।

राष्ट्रपतिमा एमालेका नेम्वाङ र कांग्रेसका पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।

Tags:

सम्बन्धित समाचार