शुक्रबार , जेठ ८, २०८३

भोट हाल्न नेपाल फर्किनेको क्रम बढ्दो

image

काठमाडौं । छिमेकी देश भारतमा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरुको वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नेपाल फर्किने मतदाताहरूको क्रम बढेको छ ।

पश्चिमी सीमाना कञ्चनपुरको गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । अन्य दिन १ सयदेखि २ सय नेपालीहरु फर्किने गड्डाचौकी नाकाबाट अहिले दिनमा ५ सय भन्दा धेरै फर्किरहेका छन् ।

अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरू नेपाल फर्किरहेको र यो संख्या बढीरहेको कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले जनाए ।

भारतबाट नेपाल फर्कने नेपालीको संख्यासँगै नेपाली नागरिकको डाटा संकलन गर्ने काम पनि भइरहेको छ । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकोले स्वास्थ्य मन्त्रालयले नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्न र कोरोनाबिरुद्ध खोप लगाउन छुटेकाले खोप लगाउन तथा अनिवार्य स्वाथ्यका मापदण्डको पालना गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार