धादिङ । नेत्र पौडेल र उत्तम कँडेलले स्वतन्त्र उम्मदवारी दिएका छन् ।
एमालेका पौडेलले धादिङ क्षेत्र नम्बर १ को प्रदेश (क) मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस प्रदेशमा एमालेबाट युवा नेता रमेश आचार्यले उम्मेदवारी दिएका छन् ।
पुराना कम्युनिष्ट नेता मध्य पर्ने कँडेलले धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दर्ता गराएका छन् । यस प्रतिनिधि सभा क्षेत्रमा एमालेबाट भुमि त्रिपाठी र सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।