मंगलबार , अषोज ६, २०८३

१२ देशका नाटक मञ्चन हुने ‘निटफेस्ट’को दोस्रो संस्करण आजदेखि

महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन् ।

image

काठमाडौं ।  नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) २०२२ आजदेखि सुरु हुँदै छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नाराका मंसिर ९ देखि १७ गतेसम्म चल्ने महोत्सवको आज दिउँसो २ बजे काठमाडौंस्थित मण्डला थिएटरमा भव्य रूपमा उदघाटन गरिँदै छ।

भारतका सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यमा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु हुन लागेको हो । उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न लगायतले कलाप्रेमीहरु माझ सम्बोधन गर्नेछन् ।

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरिबाट २०० भन्दा बढी नाट्य कलाकार सहभागी हुँदै छन् । महोत्सवले मंसिर १७ सम्मका लागि बिहान ८ बजेदेखि साँझ ७:३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेको छ ।

महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।

सम्बन्धित समाचार