एमाले र काँग्रेस कार्यकर्ताबिच ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ मतदान केन्द्रमा झडप भएको छ ।
काठमाडौं । एमाले र काँग्रेस कार्यकर्ताबिच ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ मतदान केन्द्रमा झडप भएको छ । झडप भएपछि ९ राउन्ड हवाई फायर गरिएको छ ।
मतदान स्थलमा लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको जनाइएको छ । ३ जना प्रहरी र ५ जना म्यादी प्रहरी सुरक्षामा रहेको सो स्थानमा अवस्था सामान्य बनाउन हवाई फायर गरिएको बताइएको छ ।
खबरका अनुसार हाल सो ठाउँको अवस्था सामान्य भइसकेको र सर्वदलीय बैठक बसेपछि मतदान सुरु हुने जनाइएको छ ।