सोमबार , भाद्र ८, २०८३

११३ वर्षीया ज्येष्ठ नागरिकले पनि दिइन् आफ्नो मत

अहिले जारी स्थानीय तहको निर्वाचनमा मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षिया महेश्वरा अधिकारीले पनि मतदान गरेकी छिन् ।

image

काठमाडौं । अहिले जारी स्थानीय तहको निर्वाचनमा मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षिया महेश्वरा अधिकारीले पनि मतदान गरेकी छिन् । सुन्दरहरैँचा-७ स्थित पञ्चायत मावि केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

सो केन्द्रमा उनले पहिलो मत खसालेकी थिइन् । मत खसालेपछि पञ्चायतकलदेखिका धेरै निर्वाचनमा मत हाल्न पाउनु आफ्नो सौभाग्य रहेको उनले बताइन् । परिवारका सदस्यको सहयोगमा अटो रिक्सामा चढेर उनी मतदान केन्द्रसम्म पुगेकी हुन् ।

 

Tags:

सम्बन्धित समाचार