आइतबार , अषोज ४, २०८३

गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने देखाउँछु- रामचन्द्र पौडेल

image

काठमाडौं ।  राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भनेर आफूले देखाउने बताएका छन् ।  बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर आफूले देखाउने बताएका हुन् ।

‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु,’ उनले भने, ‘त्यो तपाईंहरूले देख्न पाउनुहुन्छ । यदि म राष्ट्रपति निर्वाचित भए भनेँ ।’

उनले संविधानको संरक्षक भएर काम गर्ने पनि बताए । विगतका राष्ट्रपतिबाट भएका गल्ती आफूले नगर्ने पनि प्रतिबद्धता जनाए । पौडेलले आफूलाई नेकपा एमालेका सांसदहरूले पनि मत दिने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पदको निर्वाचन बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । राष्ट्रपतिमा कांग्रेसका पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

Tags:

सम्बन्धित समाचार