अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा पञ्चदेवल विनायक पर्दछ । ऐतिहासिक पञ्चदेवलहरू र प्राकृतिक रूपमै भौगोलिक बनावटले विनायक अर्थात् सिद्धिविनायक गणेश जस्तो देखिने भएकाले यसलाई पञ्चदेवल विनायक भनिन्छ ।
हाल यहाँको नगरपालिकाको नाम पनि पञ्चदेवल विनायकका रूपमा नामाकरण भएको छ । पञ्चदेवल विनायकको धार्मिक, ऐतिहासीक र सामाजिक विशेषताहरू थुप्रै छन् । तर, यसको संरक्षण, सम्र्वद्धन एवं प्रर्वद्धन हुन नसक्दा धार्मिक र ऐतिहासीक महत्व ओझेलमा पर्दै गएको छ ।
पाँचवटा देवल भएकाले यसलाई पञ्चदेवल भनिएको हो । यो पञ्चदेवल राजकुमार अक्षम मल्लले शाके १२०२ सम्वत् १३३७ मा बनाएका हुन् भनेर योगीनरहरी नाथले आफ्नोे पुस्तकमा लेखेका छन् । त्यहाँका पूजारी जन्मजय उपाध्यायका अनुसार राजकुमार अक्षम मल्लले आफ्नो परिवारको चिरिञ्जीवि आयुका लागि जैराज प्रसादलाई उक्त पञ्चदेवल बनाउन लगाएका हुन् भन्ने कथन छ । पञ्चदेवलको तेस्रो केवलका प्रवेशद्वारको तोरणशीलामा उत्कीर्ण गरिएको अभिलेखमा निम्न कुराहरू उद्दृत गरिएको छ ।
ॐ स्वस्श्रिमतः अक्षयमल्ल देवस्थल सपरिवार
चिरंजयंतु आत्मन्निभिन्ताधै एकतारसा
पुरुषा निभिनानजैराज प्रासाद करायो शाके
१२०२ सुत्रधार नागदेव नाम कमायो ।
अक्षर स्पष्ट रुपमा अहिले नदेखिने अवस्थामा छ ।
पञ्चदेवल भनिए पनि हाल एउटा देवल ढलेको अवस्थामा छ । ढलेको देवलका अवशेष तिररवितर अवस्थामा भेन्छिन् ।
भत्किएको देवलका ढुगां खेतबारीमा छन् । पञ्चदेवलको माथिको छानो त्यहीका एक स्थानीयले धान र मकै कुट्ने ओखल बनाइ प्रयोग समेत गरेका छन् । ऐतिहासीक वस्तुहरु संरक्षण गर्नुको साटो मास्ने गरी दुरुपयोग भएको देखिन्छ । पुरातत्व विभागले संरक्षणको जिम्मा लिए पनि उचित रुपमा संरक्षण र सम्बद्र्धन भने हुन सकेको छैन ।
पूजारीका अनुसार पञ्चदेवल विनायक विषयमा स्थानीयको अनुमान अनुसार २०२४ साल जेठ महिनामा अनुसन्धान गर्न आएका विदेशीहरूले पञ्चदेवल बनाउनेहरुले गणेशको पनि मूर्ति बनाएको हुन सक्ने बताएपछि पञ्चदेवल रहेको स्थानदेखि झण्डै ५० मिटर तल प्राकृतिक रुपमा सिद्धिविनायक गणेशको जस्तो सुँड भएको भौगोगिक बनावटमा उत्खनन् गर्दा गणेशको मूक्ति फेला परेको थियो । मूर्ति उत्खनन गर्ने क्रममा गणेशको मूर्तिको दाँया भाग चुडिएको छ ।
जुन गणेशको मूक्ति हाल पञ्चदेवल रहेको स्थानदेखि झण्डै २ सय मिटर टाढा बजार रहेको स्थानमा स्थानान्तरण गरिएको छ । पत्थरमा शंकरचक्र, पद्मचक्र र गधाचक्र बनाएको समेत भेटिएको छ । उत्खनन् गर्दा भेटिएको मूक्ति राखिएको स्थानमै सानो मन्दिर निर्माण गरी ती पत्थर राखिएको छ । गणेशचौथीका ठूलो पूजाआजा हुने गरेको छ ।
गणेशको मूत्ति भेटिएको स्थानमा गणेशको मन्दिर निर्माण गर्न तत्कालीन उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष कमल थापाले शिलान्यास गरेका थिए । शिलान्यास गरेको वर्षौ बितिसक्दा समेत मन्दिरको जगमाथि उठ्न सकेको छैन । टाढाबाट हेर्दा हात्ती बसेको जस्तो देखिने यस स्थानमा अहिले विस्तारै जग्गा धनीहरुले यसको नक्सा बिगार्दै गइरहेका छन् । हातको डाँडा दुल्लु र बेदको डाँडा विनायक भन्ने उक्ति प्रचलनमा रहेको त्यहाँका अग्रजहरु बताउँछन् । भनाईको मतलब एक हातको विनायक दैलेख जिल्लामा छ भने त्यसको दोब्बर अछाममा रहेकाले उक्त भनाइ प्रचलनमा रहेको हो । झण्डै एक–दुई सय वर्ष अगाडिी नै भत्किएको पञ्चदेवलमा स्थानीयहरुले दक्षिणकाली स्थापना गरी पूजाआजा गर्ने गरेका छन् ।
विशेष गरेर दशैंमा यहाँ बली समेत चढाइन्छ । यहाँका स्थानीयले खेतीबालीका लागि बली चढाउने गरेका छन् । अतिवृष्टि वा अनावृष्टि भएर बालीनाली नबिग्रियोस् भन्नका लागि फागुन अन्तिममा बलीसहित पूजाआजा गर्ने गरेको त्यहाँको चलन रहेको छ ।
उत्तरी गोरखाको धार्चे र चुमनुब्री प्रवेशद्धार आरुघाट ३ सय २८ वर्षअघि देखि मानवबस्तीको बिकास भएको मानिन्छ ।
गोरखाको बारपाक धेरै पर्यटकहरुका लागि नौलो नाम भने होइन । भूकम्प जानुभन्दा अगाडि बारपाक गएको कुनै पर्यटक आजभोलि बारपाक गाउँमा पुग्यो भने एकैछिन अलमल पर्दछ ।
नेपालमा पर्यटनका लागि इतिहासभित्र लुकेर रहेको जीवित संग्रहालय भएका गाउँ पनि छन् । पर्यटनका लागि मकवानपुरको थाहा नगरपालिका–१ मा पर्ने कुन्छाल गाउँ नेपालकै एउटा अनौठो गाउँ मानिन्छ ।