बुधबार , अषोज ७, २०८३

लैंगिक हिँसा विरुद्ध सचेतनामूलक पर्फेमेन्स आर्ट हुँदै

image

काठमाडौं  । काठमाडौंको माइतीघरमा आइतबार पर्फेमेन्स आर्ट हुने भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) को आयोजनामा आभा फर क्रियटीभिटीका कलाकारहरूले लैंगिक हिँसा विरुद्ध सचेतनामूलक पर्फेमेन्स आर्ट गर्न लागेका हुन् । रोटार्याक्ट क्लब अफ रुद्रमती कार्यक्रमको सहआयोजक रहेको छ ।

राजु झल्लु प्रसादको संयोजकत्वमा हुन् लागेको पर्फेमेन्स आर्टमा प्रभात तिमिल्सिना, पूर्णिमा गिरि, सुषमा तिमिल्सिना, मनिषा श्रेष्ठ, सुरज पराजुली लगायतका कलाकरहरूको उपस्थिति रहनेछ ।

वन र अन्य प्राकृतिक स्रोतसँग जोडिएका ग्रामीण महिलाहरुलाई नजिकबाट नियाल्दै आएको महासंघ वन संरक्षण, सम्वर्द्धन र उपयोग गर्ने नीति सहित वि.सं. २०५२ सालमा स्थापित संस्था हो ।

गाउँबाट धेरैजसो पुरुषहरु वैदेशिक रोजगारीमा जाने हुँदा महिलाहरुमा अझ कार्यबोझ थपिएको र घरपरिवार, गाईवस्तु, खेतीपाती, मेलापर्व सबै व्यवस्थापन गरेर सामुदायिक वन हरियाली बनाउने अभियानमा जोडिएको पाइन्छ, तर  नेतृत्व र निर्णायक ठाउँमा महिलाको उपस्थिति कम देख्न पाइन्छ । ग्रामीण महिलाहरुले वन वातावरण संरक्षणमा पुर्‍याएको योगदानको सम्मान गर्दै लैङ्गिक समता सम्वन्धि विषय पैरवीका लागि पर्फमेन्स गर्न लागिएको महासंघले जनाएको छ ।

वन जङ्गलमा काम गर्ने महिला अभियानकर्मीहरु अदृश्य रुपमा हिंसामा परिरहेका फिकोफनका गङ्गा विष्ट बताउँछिन् । “जङ्गलमा घाँस, दाउरा गर्न जाँदा महिलामाथि गरिने अमानवीय व्यवहार, अपराधजन्य गालीगलौज हुन् या पुरुष वर्गले असहयोग गर्ने, आर्थिक अभाव र चरित्रसँग जोडेर हेर्ने प्रवृतिहरू आदि यहाँ पनि देखिरहेका छन्”, उनी भन्छिन् । यौनजन्य मात्रै हैन, सामाजिक, पारिवारिक, आर्थिक, हिंसा निस्तेजिकरणका लागि पर्फेमेन्स आर्ट गर्न लागिएको समेत उनले बताइन् ।

सम्बन्धित समाचार