बुधबार , भाद्र ३१, २०८३

इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको माग

संगठनले मूल्यवृद्धि अविलम्ब फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

image

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

संगठनका अध्यक्ष फणीराज लोहनी (राजु)ले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिले नागरिकको जनजीवन कष्टकर र पीडादायी भइरहेको र गरिव जनता ठूलो मारमा परेको भन्दै वृद्धि भएको मूल्य अविलम्ब फिर्ता गर्न माग गरेको छ ।

जनताको नाममा शासन गर्ने र गरिव जनतालाइ चर्को मुल्यवृद्धिको मारमा परेर जीवन चलाउन नसक्ने बनाएको भन्दै संगठनले सरकारको कदमप्रति आपत्ति प्रकट समेत गरेको छ ।

संगठनले मूल्यवृद्धि अविलम्ब फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

सरकारले आइतबार रातीदेखि लागुहुने गरी खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर रु २००, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० का दरले मूल्यवृद्धि गरेको थियो ।

सम्बन्धित समाचार