बिहिबार , अषोज १, २०८३

पोखरा महानगरमा राेकियाे मतगणना

image

काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १८ मा नेकपा एमालेका उम्मेदवार पुस्कल थापा तीन मतले पराजित भएपछि केहीबेर अघिदेखि मतगणना कार्य रोकिएको हो ।

एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरेको छ ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो ।

वडा नम्बर १८ को नतिजा आज र ३१ नम्बर वडाको नतिजा सोमबार सार्वजनिक गरिएको थियो । दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएपछि पुन: मतगणनको माग गरिएको हो ।

वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना र वडा नम्बर ३१ मा १६१ मत अन्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार