मंगलबार , अषोज ६, २०८३

माओवादीको लज्जास्पद मत, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमै

image

काठमाडौं । प्रत्यक्षतर्फको सँगै समानुपातिक तर्फको पनि मतगणना चलिरहेको छ । प्रतिनिधिसभाको समानुपातिक तर्फको मत गणनामा सार्वजनिक भएको मत परिणाम अनुसार एमाले कांग्रेसभन्दा १८ हजार मतले अघि छ ।

एमालेले समानुपातिकमा एक लाख २२ हजार एक सय ३० मत ल्याएको छ भने कांग्रेसले एक लाख चार हजार ६ सय १३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले मत ल्याइरहेको छ । उक्त पार्टीले ५२ हजार ७ सय ८४ मत पाएको छ । माओवादी केन्द्र ४७ हजार १४१ मतका साथ चौथो स्थानमा छ ।

राप्रपाले २९ हजार १६७, जसपाले ९ हजार ३ सय ७२, जनमत पार्टीले ८७०९, ल्याएका छन् भने एकीकृत समाजवादीले ५ हजार ८ सय ४९ मत ल्याएको छ ।

Tags:

सम्बन्धित समाचार