हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पुनः बढाइएको हो ।
काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेको छ । हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पुनः बढाइएको हो ।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा समायोजन गरेको हो ।
जसअनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी ७.७ प्रतिशत भाडा वृद्धि गरिएको छ ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने गरेको छ ।
हिजो रातिबाट डिजेल प्रतिलिटर २७ र पेट्रोल प्रतिलिटर २१ रूपैयाँ बढाइएको छ । केही ठाउँमा भने व्यवसायी आफैंले सर्वजनिक यातायातमा १५ प्रतिशतसम्म भाडा वृद्धि गरेर चलाउन थालेका छन् ।
हेर्नुहाेस् कुन ठाउँकाे कति बढ्याे ?
https://drive.google.com/file/d/1FzwPfUhFtS_c8NDppd31xV2F-z2Ah3jO/view
आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले उक्त घोषणा गरेका हुन् ।