सोमबार , भाद्र ८, २०८३

रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडपपछि हवाई फायर

स्थानीय तहको निर्वाचन अन्तर्गत रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा दुई पक्षबिच झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

image

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा दुई पक्षबिच झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ । खाँणदेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथमा मतदान केन्द्रमा झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले ७ राउन्ड हवाई फायर गरेको बताइएको छ ।

सो झडपपछि राकाथामा मतदान केन्द्रको मतदान प्रभावित भएको छ । त्यसैगरि दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा पनि झडप भएको छ । तर, सो झडपले निर्वाचन प्रभावित नभएको बताइएको छ ।

Tags:

सम्बन्धित समाचार