शनिबार , अषोज १०, २०८३

रञ्जिता श्रेष्ठ चौधरीद्वारा उम्मेदवारी घोषणा

image

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले कैलालीको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

रञ्जिता ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रेशम चौधरीकी पत्नी हुन् । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम कैदमै छन् । कारागारमै भएकाले रेशमले चुनाव लड्न सम्भव नभएपछि रञ्जिताले चुनाव लड्ने घोषणा गरेकी हुन् । टीकापुर क्षेत्र कैलाली–१ मा पर्छ ।

पहिचानको मुद्दाका साथै ‘टीकापुर घटना राजनीतिक हो’ भन्ने मान्यता बोकेर ०७८ पुसमा गठित नागरिक उन्मुक्ति पार्टीले गठन भएको केही महिनामै भएको स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जितेर जिल्लामा पहिलो पार्टी बनेको थियो ।

Tags:

सम्बन्धित समाचार