शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।
काठमाडौं । आज वर्ष र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।
शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।
तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो । मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ । भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।
भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ ।
यसैबीच सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिवार देशभर सार्वजनिक बिदा रहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।