शुक्रबार , मंग्सिर २३, २०७९

मकवानपुर-१ मा दीपक सिंहले फर्काए राप्रपाकाे २८ वर्षअघिकाे विरासत

२०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालीन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए । त्यसपश्चात निरन्तर पराजय भाेग्दै आएकाे राप्रपाले यसपालिकाे निर्वाचनमा विजय हासिल गरेकाे हाे । 

image

मकवानपुर-१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी नेपाली कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डीना) र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् । कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् ।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपा हेटौँडामा २८ वर्षपछि विजयी भएको हो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालीन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए । त्यसपश्चात निरन्तर पराजय भाेग्दै आएकाे राप्रपाले यसपालिकाे निर्वाचनमा विजय हासिल गरेकाे हाे ।

सम्बन्धित समाचार