बिहिबार , बैसाख २४, २०८३

सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थपिँदै

image

काठमाडौं । प्रहरीले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ ।

सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थप्न लागेको हो ।

म्याद थपका लागि अदालतमा बुझाउने तयारी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ताले जनाएका छन् । एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिने पनि भएको छ ।

सम्बन्धित समाचार